एमालेले विश्वासघात गर्‍यो, हामी विकल्पमा जान्छौं

असार ३०, २०८१ admin
एमालेले विश्वासघात गर्‍यो, हामी विकल्पमा जान्छौं

विगतमा एमाले र माओवादी सहकार्यका लागि पटक–पटक भित्री तयारीमा सक्रिय रहने माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ नयाँ राजनीतिक विकासक्रमसँग उति सन्तुष्ट छैनन् । शनिबार अपराह्न अर्थ मन्त्रालयमा अनलाइनखबरसँग लामो कुराकानी गर्दै पुनले आगामी दिनको राजनीतिक सम्भावनाबारे मुख खोले । अनि प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली बीचको सहकार्यमा पैदा भएको दरारसँगै अबका प्राथमिकताबारे पनि चर्चा गरे । पुनसँग बसन्त बस्नेतले गरेको यो अन्तर्वार्ता :

तपाईंलाई एमाले–माओवादी गठबन्धनको एउटा आर्किटेक्ट मान्ने गरिन्छ । कहाँनेर फेल खायो तपाईंहरूको इन्जिनियरिङले ?