पोखरा महानगरपालिकाले सुपथ मूूल्य पसल सञ्चालन गर्दै

अशोज १०, २०८१ admin
पोखरा महानगरपालिकाले सुपथ मूूल्य पसल सञ्चालन गर्दै

गण्डकी, १० असोजः पोखरा महानगरपालिकाले चाडबाडलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।महानगरपालिकाले यही असोज ११ गतेदेखि पोखरा –८ स्थित सिद्धार्थ चोकमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिनुुभयो । उहाँका अनुसार चाडबाडमा उपभोक्तालाई केही न केही राहत पुुगोस् भन्ने उद्देश्यका साथ सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो ।

पोखराको लेखनाथ क्षेत्रमा पनि सुुपथ मूल्य पसल खोल्ने सम्बन्धमा कर्मचारी उपलब्ध भएमा सञ्चालन गर्न सकिने कुरा आएकाले त्यसबारे पनि सम्बद्ध पक्षसँग छलफल बढाइएको उहाँले बताउनुुभयो । सुपथ मूल्य पसलमा चिनी, नुुन, तेल, पीठो, मैदा, चामल लगायतका समानहरू पाइने जनाइएको छ ।