धर्म संस्कृतीप्रती उदासिन हुँदा बिकृती बढ्यो : कमल थापा

असार ३०, २०८१ admin
धर्म संस्कृतीप्रती उदासिन हुँदा बिकृती बढ्यो : कमल थापा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका  अध्यक्ष कमल थापाले धर्म संस्कृतीप्रती उदासिन हुँदा बिकृती बढेको बताएका छन् । थापाले भने, ‘समाजमा भगवानको अस्तित्व स्विकार नगर्ने बढदो प्रवृत्ति तथा धर्मप्रतिको आस्था कमजोर हुंदै गएका कारण व्यभिचार, बलात्कार ,भ्रष्टाचार र अत्याचार बढदै गएको हो।त्यसर्थ,सनातन धर्म र संस्कृतिको रक्षा गरौं।

पार्टीको काठमाडौं जिल्ला कमिटीद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा थापाले धर्म संस्कृतीले मानिसलाई मर्यादा, आचारण, अनुशासन र जिम्मेवारीबोध गराउन ठूलो भूमिका खेल्ने बिचार ब्यक्त गरे ।