
पढाइ सकेपछि छोरीले पनि डेब्यु गर्ने
२०८१ फागुन ५ गते
‘अबको २ वर्षमा म फिल्ममा फेरि देखिनेछु । अहिलेसम्मको समय परिवारसँग बिताउने कुरालाई प्राथमिकतामा राखेकी थिएँ । छोरी कलशको हेरचाहमा समर्पित भएको थिएँ । अब उनी ठूली भैसकेकी छिन् ।’काठमाडौं । कुनै समयकी चर्चित अभिनेत्री जल शाहले आगामी २ वर्षभित्र फिल्म अभिनयमा पुनरागमन गर्ने भएकी छन् । आइतबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्ममा फर्किन लागेको बताइन् ।काठमाडौं । कुनै समयकी चर्चित अभिनेत्री जल शाहले आगामी २ वर्षभित्र फिल्म अभिनयमा पुनरागमन गर्ने भएकी छन् । आइतबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्ममा फर्किन लागेको बताइन् ।उनले भनिन्, ‘अबको २ वर्षमा म फिल्ममा फेरि देखिने छु । अहिलेसम्मको समय परिवारसँग बिताउने कुरालाई प्राथमिकतामा राखेकी थिएँ । छोरी कलशको हेरचाहमा समर्पित भएको थिएँ । अब उनी ठूली भैसकेकी छिन् ।’लामो समयदेखि अमेरिकामा बस्दै आएकी शाहले कुन र कसले निर्माण गर्ने फिल्मबाट फर्किन लागेको भन्ने कुरा बताइनन् । पछिल्लोपटक उनले १९ वर्षअघि रिलिज भएको फिल्म ‘क्रोध’मा अभिनय गरेकी थिइन् ।जलले छोरी कलशले संचालन गरिरहेको सामाजिक अभियानबारे जानकारी गराउन प्रेसमिट गरेकी थिइन् । सो अवसरमा काभ्रेको चौरीदेउरालीसहित अन्य स्थानका विद्यालयमा पुगेर कलशले सामाजिक संस्था शिक्षा फाउण्डेसनमार्फत खाद्य, लुगा र शैक्षिक सामाग्री वितरण गरेकोबारे जानकारी दिइन् ।