विश्वकै पहिलो मिस एआईको उपाधि मोरक्कोकी केन्जा लायलीलाई

असार ३०, २०८१ admin
विश्वकै पहिलो मिस एआईको उपाधि मोरक्कोकी केन्जा लायलीलाई

काठमाडौं । विश्वमै पहिलोपटक मिस एआईको उपाधि मोरक्कोकी हिजाब-क्लाड केन्जा लायलीले जितेकी छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार १५ सय प्रतिस्पर्धी सुन्दरीलाई उछिन्दै उनले उपाधि जितिन् ।

कृत्रिम बौद्धिकता भनिने एआईद्वारा सिर्जना गरिएका सुन्दरीबीच सौन्दर्य प्रतियोगिताको आयोजना गरिएको हो । योसँगै विश्व एआई ब्युटी पेजेन्टको युगमा प्रवेश गरेको छ

प्रोग्रामिङको क्षेत्रमा क्षमता प्रदर्शन गर्ने उद्देश्यले अप्रिलमा फ्यानभ्यु वर्ल्ड एआई क्रिएटरले यस्तो खाले कार्यक्रम आयोजना गरेको थियो । सहभागी १५ सय प्रतिस्पर्धीबाट सोसल मिडिया विधामा १० एआई क्यारेक्टर छनोट भएका थिए ।

फ्यानभ्युका सहसंस्थापक विल मोनान्जेले भने, ‘यस्तो खालको पहिलो कार्यक्रममा विश्वव्यापी चासो अविश्वसनीय छ । पुरस्कार सर्जकको उपलब्धिलाई सेलिब्रेसन गर्ने, गुणस्तर वृद्धि गर्ने र एआई सिर्जित अर्थतन्त्रका लागि सकारात्मक भविष्य बनाउनेतर्फ यस्तो कार्यक्रमले भूमिका खेल्छन् ।