एजेण्डाले कुरिरहेको माओवादी

असार ३०, २०८१ admin
एजेण्डाले कुरिरहेको माओवादी

निर्वाचन प्रणालीलाई लिएर संविधान संशोधन गर्ने कांग्रेस–एमालेले निर्णय गरेकाले माओवादीलाई आफ्नो गल्ती सच्याएर जनतामा जाने अवसर समेत आएको नेताहरु बताउँछन् ।

प्रमुख सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएकाले आगामी २८ असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बनेको १९ महिने अवधिमा विश्वासको मत लिन लागेको यो पाँचौंपटक हो ।

२०७९ मंसिरको चुनावपछि एमालेसहित दलहरुको समर्थनमा प्रधानमन्त्री नियुक्त प्रचण्डले २६ पुस २०७९ मा पहिलोपटक विश्वासको मत लिएका थिए । त्यसबेला झण्डै सिंगो हाउसको मत प्रचण्डले पाएका थिए ।