सातबुँदे सहमति किन अझै गुपचुप ?

असार ३०, २०८१ admin
सातबुँदे सहमति किन अझै गुपचुप ?

असार १७ गते मध्यरात संसदका प्रमुख दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको भनिएको सत्ता साझेदारीको सहमति अहिलेसम्म सार्वजनिक भएको छैन । दुवै दलले नागरिकका लागि उक्त सम्झौता सार्वजनिक गर्न आवश्यक देखिरहेका छैनन् ।

नेपाली कांग्रेसको कार्यसम्पादन समितिले आफ्ना सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी  ओलीबीचको सहमतिलाई अनुमोदन गरिसकेको छ भने एमालेको सचिवालय बैठकले यसको स्वामित्व लिइसकेको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्नेगरी दुई पार्टीबीच नयाँ सहमति भएको सामाजिक सञ्जाल मार्फत स्वीकार गरेका छन् ।