१० वर्षमा ६ लाख विद्यार्थीले लिए एनओसी, अष्ट्रेलियाका लागि लिने धेरै, पाँचौंमा अमेरिका

फाल्गुन ५, २०८१ admin
१० वर्षमा ६ लाख विद्यार्थीले लिए एनओसी, अष्ट्रेलियाका लागि लिने धेरै, पाँचौंमा अमेरिका

२०८१ फागुन ५ गते

५ माघ, काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीले १० वर्षमा ६ लाख ३९ हजार १४८ वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका प्रमुख रमेश घिमिरेका अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्म मात्रै विद्यार्थीले ५५ हजार एनओसी लिएका छन् । ‘केही वर्षयता एनओसी लिने विद्यार्थीको संख्या उस्तैउस्तै देखिन्छ,’ उनले भने ।

शाखाले गत आर्थिक वर्ष २०८०/८१ मा  १ लाख १२ हजार ९ सय ६८ एनओसी दिएको थियो ।सबैभन्दा धेरै विद्यार्थीले अष्ट्रेलियाका लागि एनओसी लिएका छन् । दोस्रोमा  जापान, तेस्रोमा यूके, चौथोमा क्यानडा, पाँचौँमा अमेरिका, छैटौंमा कोरिया र सातौंमा भारतका लागि लागि एनओसी लिएको शाखा प्रमुख घिमिरेले बताए ।

एनओसी लिएका कति विद्यार्थी विदेशीय भन्ने यकिन तथ्यांक भने सरकारसँग छैन । एउटै विद्यार्थीले एकभन्दा बढी एनओसी लिएका हुन्छन् ।

१० वर्षमा विद्यार्थीले लिएको एनओसीको संख्या

उच्च शिक्षा अध्ययनका लागि बर्सेनि विद्यार्थी बाहिरिनेको संख्या बढीरहेको छ । १० वर्षको अवधिमा विद्यार्थीले ६ लाख ३९ हजार १४८ एनओसी लिएका छन् ।

२०७१/०७२

30,797
२०७२/०७३
37,148
२०७३/०७४
50,796
२०७४/०७५
58,758
२०७५/०७६
63,417
२०७६/०७७
33,196
२०७७/०७८
28,883
२०७८/०७९
112,968
२०७९/०८०
110,217
२०८०/०८१
112,968