कसरी सुधार्न सकिन्छ एसइई नतिजा?

असार ३०, २०८१ admin
कसरी सुधार्न सकिन्छ एसइई नतिजा?

विद्यार्थीको संख्या धेरै भयो। आधाभन्दा बढी, ५२.१४ प्रतिशत, विद्यार्थी ननग्रेडेड (एनजी) भए।

यति ठूलो संख्यामा विद्यार्थी एनजी भएपछि शिक्षक र सरकारी अधिकारीहरूमाथि गाली वर्षा हुने क्रम जारी छ। टाउको जोगाउन र गालीको दबाब कम गर्न जति विषयमा एनजी भए पनि पूरक परीक्षा दिन पाउने निर्णय भएको छ, नत्र दुई विषय एनजी हुनेले मात्र दिन पाउने भनिएको थियो।

यतिका धेरै विद्यार्थी एनजी किन भए त? यस प्रश्नमा थोरै विचार गरौं।

विद्यार्थी, शिक्षक र अभिभावक  

कक्षा १० को परीक्षालाई एसएलसी (स्कुल लिभिङ सर्टिफिकेट) भन्दै आएकामा २०७२ पछि एसइई (स्कुल एजुकेसन एक्जामिनेसन) नामकरण गरियो। एसएलसी परीक्षाले ‘फलामे ढोका’ भन्ने संज्ञा पाएको थियो। एसइई भएपछि अलिक उदार भयो, ढोका अलिक खुकुलो भयो।

‘फलामे ढोका’ मानिँदासम्म विद्यार्थी र अभिभावकमा यसको जबर्जस्त दबाब थियो। फलामे ढोका पार गर्न कठिन छ भन्ने मान्यताले मेहनतका लागि मनोवैज्ञानिक दबाब सिर्जना गरेको थियो। यसको प्रभाव पनि सकारात्मक थियो।

अभिभावक पनि १० कक्षामा पढ्ने छोराछोरीको पढाइका लागि अलिक सचेत रहन्थे। फलामे ढोका पार गर्न मेहनत गराउने प्रयास गर्थे। शिक्षकमाथि पनि यस्तै दबाब थियो।

२०७२ सालपछि फलामे ढोका एकाएक रबरको ढोकामा बदलियो। उत्तीर्ण गराउन उदार नीति आयो। परीक्षामा सहभागी भएपछि कक्षा ११ पढ्नबाट बञ्चित हुनु नपर्ने भयो। यसले विद्यार्थीहरूमा फेल भइँदैन भन्ने मनोविज्ञान विकास गर्‍यो, ठीकठीकै पढ्दा पनि हुन्छ भन्ने भयो। अभिभावकलाई पनि यस्तै भयो।