म्यानपावरले श्रमिकसँग असुल्ने शुल्क बढाउने तयारीमा थिए श्रममन्त्री

असार ३०, २०८१ admin
म्यानपावरले श्रमिकसँग असुल्ने शुल्क बढाउने तयारीमा थिए श्रममन्त्री

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डीपी) पनि ‘फ्रि भिसा–फ्रि टिकट’ को नीति उल्ट्याएर नयाँ सेवा शुल्क तोक्नुपर्ने पक्षमा उभिएको खुलेको छ । म्यानपावर व्यवसायीहरुले विदेशिने नेपाली श्रमिकसँग असुल्ने शुल्क बढाउन गर्दै आएको मागलाई सम्बोधन गर्ने गरी  नीतिगत परिवर्तनको गृहकार्यमा रहेको कुरा गत शुक्रबार राष्ट्रियसभा बैठकमा श्रममन्त्री अर्याल आफैंले खुलासा गरेका हुन् ।

श्रमिकहरुसँग म्यानपावर कम्पनीले अर्बौं रकम लिएको तथ्यांक समेत सार्वजनिक गरेका मन्त्री अर्यालले सदनमै त्यसलाई ठगीमा रुपमा भन्दा पनि व्यवसायीको बाध्यताका रुपमा अर्थ्याएका छन् ।