१० दिनसम्म काठमाडौंमा विश्व शान्ती पुजा हुने

असार ३०, २०८१ admin
१० दिनसम्म काठमाडौंमा विश्व शान्ती पुजा हुने

काठमाडौं – सम्पूर्ण प्राणी जगतको शुख, शान्ती र दिर्घायूको निम्ति राजधानीमा विश्व शान्ति पुजा हुने भएको छ । यही पुस ८ गतेदेखि संचालन हुने विश्व शान्ती पूजा १७ गतेसम्म संचालन हुनेछ ।

१० दिनसम्म संचालन हुने शान्ती पुजामा श्यरटुल दम्क्ष्यो ग्यछो रिन्पोछेको प्रमुख उपस्थिति रहने आयोजक बुद्ध समाज सेवा केन्द्रले जनाएको छ । रिन्पोछे भारतको हिमाञ्चल प्रदेशबाट आएका हुन्, उनी तेस्रो अवतारी लामा समेत हुन् ।

विश्व शान्ति पुजामा १० करोड महासिद्धी मन्त्र जप समेत गरिने बुद्धसमाज सेवा केन्द्रले जनाएको छ ।

राजधनीमा शनिबार आयोजित बज्रगुरु मन्त्र जप तथा विश्व शान्ती पुजाको महत्व विषयक गोष्ठीमा बुद्धिस संघ संस्थाका प्रतिनिधिहरुले मन्त्र तथा विश्व शान्तीको पुजाको महत्वबारे धारणा राखेका थिए ।

देश तथा विदेशमा मानिस मानिसबीच द्धन्द्ध, कलह, झगडा भैरहेको सन्दर्भमा विश्व शान्ती पुजाको आयोजना हुनु अत्यन्तै स्वागतयोग्य काम भएको वक्ताहरुको धारणा थियो ।

शेर्पा महिला संघकी अध्यक्ष ङीमी शेर्पाले राष्ट्र धर्म निरपेक्ष र गणतन्त्रमा गैसकेको प्रसंग उल्लेख गर्दै सम्पूर्ण समुदायले आफ्नो धर्म संस्कृतीको जगेर्ना गर्नुपर्ने उल्लेख गर्नुभयो । साथै यस विश्व शान्ती पुजा तथा मन्त्रले विश्वको सम्पूर्ण मानवलाई रक्षा गर्ने बताए ।

बौद्ध धर्मअनसुार बज्र गुरु मन्त्रमा अटल तथा विनाश नहुने शक्ति रहेको र मन्त्रको जप गर्दा सम्पुर्ण जिवित प्राणीले शुख शान्ति पाउने विश्वास रहेको छ ।

नेपाल लगायत विश्वमै बढ्दै गएको द्धन्द, हिंसा, ईष्र्या, रिस आदि मानिसको नकारात्मक बिचारको कारण भएको भन्दै विश्व शान्ति पुजाको माध्यमबाट जगतमा शान्ती कायम हुने बज्रगुरु पुजा आयोजक मुल समारोह समितिका सह संयोजक खेन्पो छुल्ठ्रिम दोर्जी शेर्पाले बताए ।

मानिसको अहंकारबाट हुने बाधा व्यवधान हटाएर मानिसको बिचारमा सुद्धिकरण ल्याई विश्वमै शुख शान्तिको निम्ति बज्रगुरु मन्त्र जप तथा शान्ती पुजा गर्न लागिएको उहांले बताए ।

बुद्धिष्ट खगोलशास्त्र अनुसार यो बर्ष अग्नी बांदर बर्ष परेको र गुरु रिन्पोछेको जन्म बर्ष भएको हुनाले यस समयमा मन्त्र जप तथा विश्व शान्ती पुजा गर्न लागिएको आयोजकको भनाई छ । बुद्धिष्ट खगोलशास्त्रमा यस्तो समय ६० बर्षमा एकपटक आउने गर्दछ ।

विचार गोष्ठीमा नेपाली कांग्रेसका पूर्व सभासद जिपछिरीङ लामा शेर्पा वुद्ध समाज सेवा केन्द्रका कार्यवाहाक अध्यक्ष छिरिओङदी शेर्पा, शेर्पा सेवा केन्द्रका सल्लाहकार आङडेण्डी शेर्पा लगायत बुद्धिस संघ संस्थाका प्रतिनिधिहरुले बज्रमन्त्र जप तथा विश्व शान्ति पुजाको महत्वको बारेमा प्रकाश पारेका थिए ।

पौष ८ गतेदेखि राजधानीको बौद्धमा संचालन हुने दश करोड महा सिद्धी जप तथा विश्व शान्ती पूजामा लगभग एक करोड खर्च हुने अनुमान आयोजकको छ ।