पदाधिकारी विहीन मधेश लोक सेवा आयोग, कर्मचारी नियुक्ति सिफारिस ठप्प

साउन १, २०८१ admin
पदाधिकारी विहीन मधेश लोक सेवा आयोग, कर्मचारी नियुक्ति सिफारिस ठप्प

१ साउन, जनकपुरधाम । मधेश प्रदेश लोकसेवा आयोगले २०७७/७८ मै सवइन्जिनियर पदको विज्ञापन खुलायो । १ असोज २०७९ मा प्रथम पत्रको लिखित परीक्षा भयो । प्रथम पत्रमा नाम निकालेकाहरुले ९ फागुनमा अन्तर्वार्ता दिए । तर अहिलेसम्म नतिजा सार्वजनिक हुन सकेको छैन ।

सवइन्जिनियर पदको अन्तर्वार्ता दिएकाहरुमध्ये एक हुन् सर्लाहीको हरिपूर्वा नगरपालिका ७ का पुनितकुमार यादव । पाँच महिनादेखि अन्तर्वार्ता ननिकाल्दा अन्योलमा परेको उनी बताउँछन् । ‘पाँच महिना हुन लाग्यो, अहिलेसम्म रिजल्ट आएन । किन यस्तो ढिलासुस्ती गरेका हुन् कुन्नि ?’ उनले गुनासो गरे । सवइन्जिनियर पदको अन्तर्वार्ता दिएकाहरुमध्ये एक हुन् सर्लाहीको हरिपूर्वा नगरपालिका ७ का पुनितकुमार यादव । पाँच महिनादेखि अन्तर्वार्ता ननिकाल्दा अन्योलमा परेको उनी बताउँछन् । ‘पाँच महिना हुन लाग्यो, अहिलेसम्म रिजल्ट आएन । किन यस्तो ढिलासुस्ती गरेका हुन् कुन्नि ?’ उनले गुनासो गरे ।