वाग्मती प्रदेशमा मन्त्रालय भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्रीसहित ७, एमालेलाई ६

साउन ८, २०८१ Gulshan Rana
वाग्मती प्रदेशमा मन्त्रालय भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्रीसहित ७, एमालेलाई ६

‘हामीबीच कसले कुन मन्त्रालय लिने विषयमा सहमति भइसकेको छ । एमाले संसदीय दलका नेता काठमाडौंबाट आउँदै भएकाले हामी कुरिरहेका छौं । ’ -बहादुरसिंह लामा, कांग्रेस संसदीय दलका नेता

मकवानपुर — नेपाली कांग्रेस–नेकपा एमालेबीच वाग्मती प्रदेशमा मन्त्रालयको भागबन्डा टुंगिएको छ । कांग्रेसले ७  र एमालेले ६ वटा मन्त्रालयको नेतृत्व गर्ने गरी सहमति भएको हो । सहमतिअनुसार एमालेले शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा प्राप्त गरेको ५ वटा र समाजवादीले सम्हालेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको नेतृत्व गर्ने भएको छ ।

वाग्मती प्रदेशमा मन्त्रालय भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्रीसहित ७, एमालेलाई ६