पाँच महिनादेखि चिकित्सक बेपत्ता

भदौ २७, २०८१ admin
पाँच महिनादेखि चिकित्सक बेपत्ता

जलेश्वर, २७ भदौः भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता हुनुभएको छ । काठमाडौँमा बस्दै आउनुभएका उहाँ कामको सिलसिलामा जनकपुर पुगेपछि परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय प्रशासनसमक्ष हारगुहार गरिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उहाँले २०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोनमा कुरा भएको थियो ।

सोही दिन अपराह्न ३ बजेदेखि उनको मोबाइल बन्द भएको उहाँकी श्रीमतीले बताउनुभयो । प्रहरीले बेपत्ता यादवको खोजतलास भइरहेको जनाएको छ ।