एउटै व्यक्ति दुईभन्दा बढी सहकारीको सञ्चालक हुन नपाउने विभागको निर्देशन कार्यान्वयन हुँदैन: महासंघ

असार ३०, २०८१ admin
एउटै व्यक्ति दुईभन्दा बढी सहकारीको सञ्चालक हुन नपाउने विभागको निर्देशन कार्यान्वयन हुँदैन: महासंघ

काठमाडौं । सहकारी विभागले एउटै व्यक्ति दुई वा दुईभन्दा बढी सहकारी संघ/संस्थाको सञ्चालक हुन नपाउने व्यवस्थाले सहकारी अभियानमा समस्या हुने भन्दै राष्ट्रिय सहकारी महासंघले आपत्ति जनाएको छ ।

सहकारी विभागले १९ जेठमा एक सूचना जारी गर्दै एउटै व्यक्ति दुई वा दुईभन्दा बढी सहकारी संघ/संस्थाको सञ्चालक भएमा त्यस्तो व्यक्तिले ३० दिनभित्र दोहोरो पद त्यागेर एकल पदमा मात्रै बस्न निर्देशन दिएको थियो । विभागको उक्त निर्देशन कार्यान्वन गर्न नसकिने महासंघको भनाइ छ ।